काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस !