चितवन : चितवन मेडिकल कलेजमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ८ कि ५४ वर्षीया महिला रहेकी छिन् ।
गत असोज २९ गते कोरोना पुष्टी भएकी ति महिला श्वास प्रश्वासमा समस्या भइ गत कार्तिक २९ गते अस्पताल भर्ना भएकी थिइन् । कोभिड आइसीयूमा उपचारको क्रममा उनको आज विहान ११ः१६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।