काठमाडौं – नेपालमा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ८७५३ स्वाब परीक्षण गर्दा उक्त संख्यामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८२ हजार २९९ पुगेको छ ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ५०३ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ७० हजार ६३२ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट देशभर थप १३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार २१५ पुगेको छ ।






