चितवन : भरतपुरका एक वृद्धमा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रम मृत्‍यु भएका भरतपुर महानगरपालिका १० का ७२ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार बिहीबार बिहान मृत्‍यु भएका उनमा साँझ ५:४५ बजे कोरोना पुष्टि भएको हो । उनी बुधवार निमोनिया सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएका थिए । उनको स्वाब संकलनका लागि प्रयोगशाला पठाइएकोमा आज बिहान ११:१० बजे रिपोर्ट आउनु अघी नै मृत्‍यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !