चितवनः राजधानी वाहिर कोभिड १९ को उपचारमा नेतृत्वदाही भूमिका निर्वाह गर्दै आएको भरतपुर अस्पतालमा ४५ शैंयाको हाई डिपेन्डेन्सी युनिट (एचडियू) निर्माण थालिएको छ । दुई साता भित्रमा सञ्चालनमा आउने गरि काम भईरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजन पाण्डेका अनुसार निर्माणको काम थालेर सामाग्री खरिद प्रकृयालाई अघि वढाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ शैंयाको एचडियू निर्माण गर्न भनेको भए पनि अस्पताल बिकास समितिले ४५ शैंयाको निर्माण गर्न लागेको उहाँको भनाई छ ।

कोभिड भएर अक्सिजनको आबश्यक पर्ने बिरामीलाई उपचारका लागि एचडियू वनाउन लागिएको हो । छिटो, छरितो प्रकृयाबाट सामान खरिद गरि एचडियू संञ्चालनमा ल्याईने पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यो एचडियू सघन उपचार कक्षको काम गर्ने गरि बनाउँदै छौ । जहाँ भेन्टिलेटर समेत जडान हुने छ । ” अस्पतालले मंगलबार मात्र १५ दिन भित्र भेन्टिलेटर जडान गर्ने गरि सप्लायर्स संग सम्झौता समेत गरि सकेको छ । एचडियूमा हाई फ्लो न्याजल क्यानोला समेत जडान गरिने छ । जसले बिरामीलाई आबश्यक अक्सिजन उपलव्ध गराएर सहज वनाई उपचार गर्न सहयोग पुग्ने छ ।

एचडियूमा पाँचवटा भेन्टिलेटर जडान गरिने छ । एचडियू वने संगै कोभिडका बिरामीलाई शैंयाको अभावमा वाहिर पठाउनु नपर्ने उहाँको तर्क छ । यस संगै हाल सञ्चालनमा रहेको १६ शैंयाको कोभिड सघन उपचार कक्षलाई वढाएर २० पु¥याईदै छ । अस्पतालले हाल रहेका सघन उपचार कक्ष मध्ये १० वटामा कोभिड प्रमाणित भएका र ६ वटामा आशंका गरिएकालाई राख्दै आएको छ । पाण्डेका अनुसार अन्य बिरामीका लागि सञ्चालनमा रहेका सघन उपचार कक्षको क्षमता वढाएर २० पु¥याईदै छ । अहिले १० शैंयाको सघन उपचार कक्ष संञ्चालनमा रहेको छ ।

थप सघन उपचार कक्षको सम्पूर्ण काम सकिएको भए पनि जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको छैन । अस्पताल बिकास समितिबाट निर्णय गरेर मेडिकल अधिकृत र नर्सिङ् कर्मचारी पदपूर्ती गरि छिट्टै सघन उपचार कक्षको क्षमता वढाईने पाण्डेले जानकारी दिनुभयो । हाल अस्पतालमा चालु अबस्थामा ९ वटा भेन्टिलेटर छन् । जस मध्ये पाँच वटा साधारण सघन उपचार कक्ष र चार वटा कोभिड सघन उपचार कक्षमा प्रयोग गरिएको छ । अस्पतालमा आइसोलेसन सहित सबै गरेर १ सय ७५ जना कोभिडका बिरामी उपचारका लागि शैंया तयारी अबस्थामा छन् । हिजो आज दैनिक ४० हाराहारी कोभिडका बिरामी हुने गरेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालले कोभिड प्रयोगशाला समेत संञ्चालन गर्दै आएको छ ।

यस अस्पतालमा चितवन सहित आसपासका १९ जिल्लाबाट बिरामी उपचारका लागि आउँछन् । ६ सय शैंयाको यस अस्पताल दुई वर्ष अघि संघिय अस्पताल बनेको हो ।

प्रतिक्रिया दिनुहोस !