
डडेल्धुराः बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
आइतबार साँझ जिल्लाको भागेश्वर गाउँपालिका–१ रुपालमा बाघको आक्रमणबाट बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १२ वर्षीय बालक दिलबहादुर साउद रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो।
उहाँका अनुसार बालकलाई घर नजिकै बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो।