कैलालीः कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका– ३ का ७३ वर्षीय वडाअध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्युु भएको हो ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

शाहको १० दिनदेखि प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठअनुसार कडा खालको निमोनिया देखिएपछि उहाँ १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । अस्पताल भर्नापछि पीसीआर गर्दा उनमा १७ गते कोरोना पुष्टि भएको थियो । शाह गौरीगंगा नगरपालिकाका प्रवक्तासमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !