चितवनः भरतपुरमा रहेको पुष्पाञ्जली अस्पतालमा उपचारका क्रममा रहेका एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २१ का ५९ वर्षीय पुरुष रहेका छन् ।
मधुमेह र रक्तचापको बिरामी भई कात्तिक ८ गते अस्पतालमा भर्ना भएका उनमा १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बिहिबार राती १० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !