काठमाडौंः पूर्वसभामुख एवंम सांसद कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उहाँको उपचारकै क्रममा आज बिहान ६ः२५ बजे निधन भएको हो । विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित महराको निधन कोरोना संक्रमणका कारण भएको बताइएको छ ।

पुर्वसभामुख महरा परिवारको साथमा दशैं मनाउनका लागि आफ्नो पुख्र्यौली घर रोल्पा पुग्नुभएको थियो । दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङमै रहेका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि महरा पत्नी सीतालार्ई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उहाँलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !