चितवन : चितवनका थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा १०२ जनामा कोरोना पुष्टि भएको हो ।

सिएमसीको प्रयोगशालामा भरतपुर महानगरपालिकाका ६८, रत्ननगर नगरपालिकाका १२, खैरहनीका ६ र राप्तीका एक जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै क्यान्सर अस्पतालको प्रयोगशालामा चितवनका १५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !