
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ११७६ र पुरुष १७५७ जना रहेका छन् । यससँगै देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० पुगेको छ ।
यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ ।