चितवन – चितवनमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ हजार ४५३ पुगेको छ । जिल्लाका सङ्क्रमित मध्य अधिकाशं भरतपुर महानगरपालिका भित्रका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगर भित्र मात्रै ३ हजार ५८ जना कोरोना संक्रमित भईसकेका छन् । यस्तै खैरहनी नगरपालिकामा ३१३, माडीमा ९४, रत्ननगरमा ५५७, राप्तीमा २६७, कालिकामा १३४ र इच्छाकामना गाउँपालिकामा ३० जना सङ्क्रमित छन् ।

जिल्लाका सङ्क्रमित मध्य २ हजार ७८१ जना निको भइसकेका छन् । एक हजार ६०५ जना अझै आइसोलेसनमा छन् । अहिलेसम्म ६४ जनाको भने कोरोना सङ्क्रमणबाट मृत्‍यु भईसकेको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !