चितवनः रक्त समुह भन्ने बित्तिकै कुनै व्यक्तिको शरिरमा हुने रगतको समुह भन्ने बुझिन्छ । यो मानव शरिरमा कहिल्यौ परिवर्तन हुँदैन । तर यहाँको सरकारी अस्पतालले भने एक जना बिरामीको रक्त समूह दुई वटा वनाएको छ ।
अस्पतालमा कात्तिक १२ गते गरिएको रक्त समूह परिक्षणका क्रममा एक विरामीको रक्तसमूह ओ पोजेटिभ निकालियो भने कात्तिक कात्तिक १४ गते गरिएको परिक्षणमा रक्त समूह ओ नेगेटिभ निकालियो । कात्तिक १२ गते अस्पतालमा स्वास्थ्य परिक्षण गराई प्रसुती गराउन भर्ना हुनु भएकी माडी नगरपालिका स्थाई ठेगाना भई भरतपुर बस्दै आउनु भएकी एक युवतीलाई जव परिवारले वच्चाको रक्त समूह छुट्टिए पछि एन्टिडि भ्याक्सिन लगाउन स्वास्थ्य कर्मीलाई अनुरोध गरे पछि मात्र थाहा भयो की दुई स्थानको रक्त समुह फरक फरक आएको रहेछ ।

अस्पतालको लापरवाहिका कारण उनको परिवारले अस्पतालमा सास्ति खेप्नु प¥यो । त्य पछि पुनः परिक्षण गर्ने क्रममा भरतपुर अस्पतालकै प्रयोगशालाले रक्त समूह ओ नेगेटिभ भन्यो । १४ गते गरेको परिक्षणमा ओ नेगेटिभ देखिए पछि अस्पतालको प्रयोगशालामा चरम लापरवाही हुने गरेको खुलेको हो । जन्मदै खेरी लियर आउने रक्त समूह समय अनुसार परिवर्तन नहुने भए पनि अस्पतालको प्रयोगशालाले दिनहु परिवर्तन गर्ने गरेको खुलेको हो । रक्त समूह फरक पर्न गएमा बिरामीको ज्यान समेत जोखिममा पर्ने हुनाले सम्बेदनशिल यस बिषयमा स्वास्थ्य संस्थाबाटै हुने गल्तिका कारण कति विरामीले दुःख खेप्नु परेको छ ।

यस विषयमा अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल अस्पतालबाट भएको गम्भिर त्रुटि सञ्चायर अघि वढ्ने बताउनु हुन्छ । बिरामीको जिवन संग जोडिने यस्ता कुराहरुमा दोशि पत्ता लगाई बिभागिय कारवाही गरिने उहाँले बताउनुभयो ।







