
काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ । आज १३ हजार ९ सय ४७ जनाको पिसिआर गरीएको छ । सक्रिय संक्रमित ३६ हजार ३ सय ६७ रहेकाे छ । हाल देशभर क्वारेन्टिनमा ४ हजार ६ सय ६६ जना रहेका छन् ।