चितवन – चितवनमा ३३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्य २९ जना जिल्ला भित्रका हुन् भने बाँकी ४ जना जिल्ला बाहिरका हुन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २, ४, ७, ८, १०, १५ र २१ का १२ पुरुष र ८ महिलामा कोरोना देखिएको छ ।

यस्तै राप्ती नगरपालिका ११ का ४१ र ९६ वर्षीया महिला, खैरहनी ६, ७ र ८ का २६ र ५७ वर्षीय पुरुष तथा १६ वर्षीया महिला, माडी ८ का ६६ वर्षीय पुरुष, रत्ननगर १२ का ४१ वर्षीय पुरुष र कालिका २ का २० र २१ वर्षीय पुरुषमा कोरोना देखिएको छ । भरतपुरमै गरिएको परीक्षणमा कास्की, नवलपुर, बेनिघाट र सुर्खेतका समान एक-एक जनामा पनि कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !