
चितवनः चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ का ७५ वर्षिय पुरुष रहेका छन् ।
कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको मंगलबार राती १०ः२० वजे मृत्यु भएको हो । स्वाशप्रस्वासमा समस्या देखिए पछि असोज १८ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।