चितवन – पुर्वी चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित ८५ वर्षीया वद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका १ कि कोरोना संक्रमित वद्धाको आज (मंगलबार) अपरान्ह ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।

श्वास प्रश्वासमा समस्या भइ असोज २२ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी मृतक वद्धामा २३ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि आफ्नै घरमा आइसोलेसनमा बसेकी उनको आज मृत्‍यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !