चितवनः भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको कोरोना परिक्षणका क्रममा चितवनमा ३२ जना सहित ३४ जनामा संक्रमण पुष्टि भएको छ । आज गरिएको २ सय ८६ जनाको नमुना परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा भरतपुर महानगर पालिकाका धेरै रहेका छन् । महानगरका २७ जना, खैरहनी नगरपालिकाका, माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकाका एक–एक जना रहेका छन् । रत्ननगर नगरपालिकाका २ जना सर्लाही र नवलपरासीका एक एक जना रहेका प्रयोगशाला प्रमुख नीतु अधिकारीले जनाकारी दिनुभयो । उनीहरुको भरतपुरका बिभिन्न अस्पताल र क्वारेनटिनबा नमुना संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !