चितवन – चितवनको कालिका नगरपालिकाको कार्यालय बन्द गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि आज (सोमबार) देखि अर्को सुचना नभएसम्मका लागि कार्यालय बन्द गरिएको हो ।

कर्मचारीहरुमा ज्वरो आउने, रुघाखोकी जस्ता समस्या देखिएपछि असोज २२ गते स्वाब परीक्षण गरिएकोमा केही कर्मचारीको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अन्य कर्मचारीहरुको कन्ट्याक ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्नुपर्ने भएकोले आजदेखि दैनिक प्रशासनिक कामकाज बन्द रहने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !