चितवन – चितवनमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा २५ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका अनुसार ११ जना जिल्लाको भरतपुर महानगरपालिका भित्रका हुन् । अन्य संक्रमित भने जिल्ला बाहिरको भएको प्रयोगशालाले जानकारी दिएको छ । भरतपुर ७, ५, ३, १५, ४ र ८ का ७ पुरुष र ३ महिलामा कोरोना देखिएको हो । एक महिलाको भने वडा नम्बर खुलेको छैन ।
यस्तै सिराहाका ३ र बाराका २ तथा यस्तै पर्सा, झापा, धनुषा, लम्जुङ, नवलपरासी, दाङ, बर्दिया, दर्चुला र रुपन्देहीका समान एक-एक जनामा पनि कोरोना देखिएको प्रयोगशालाले जनाएको छ ।