चितवन – चितवनस्थित भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमित वेवारिसे महिलाको मृत्‍यु भएको छ । कोभिड आइसियुमा उपचारका क्रममा ४० वर्षीया ति महिलाको आज (आइतबार) साँझ ५ बजे मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

असोज १५ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी ति महिलामा १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड आइसियुमा राखी उपचार गर्ने क्रममा आज मृत्‍यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !