चितवन – चितवनमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि भएका मध्य १४ जना चितवनका हुन् भने बाँकी १४ जना जिल्ला बाहिरका हुन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका ७ का ६६, ४७ र २५ वर्षीय पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना देखिएको छ ।

यस्तै भरतपुर २, ५ र १२ का क्रमश: २८, ३५ र ३५ वर्षीय पुरुष, भरतपुर १२ र ४ का क्रमश: २९, ३९ र ५४ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । उता रत्ननगर नगरपालिका ९ का २८ वर्षीय पुरुष तथा राप्ती नगरपालिका ३ का २५ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

क्यान्सर अस्पतालकै प्रयोगशालामा महोतरीका ३ तथा कैलाली, बाग्लुङ, बर्दिया, बारा, पर्सा, सप्तरी, रोल्पा, दाङ, रौतहट र मोरङका समान एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !