चितवन –  भरतपुर महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । ७० वर्षिय उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११:३० बजे मृत्यु भएको हो ।

अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते भर्ना गरिएको थियो। असोज १४ गते पिसिआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई मधुमेह, उच्च रक्तचापको समस्या थियो ।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।  तामाङ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस !