काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण गर्दा नतिजा पोजिटिभ आएको भट्टराईले जानकारी दिनुभयो ।

“गत सोमबार कोरोना परीक्षाण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु । हालसम्म पनि हल्का ज्वरोबाहेक अरू समस्या देखिएको छैन्,” उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

केही दिनयता आफूसँग सम्पर्कमा आएकालाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन उनले अनुरोध गरे‍का छन् ।

प्रतिक्रिया दिनुहोस !