चितवन – चितवनमा १ सय १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा ११४ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ६४ जना, रत्ननगर न.पाका १५ जना, खैरहनी न.पाका ७ जना, राप्ती न.पाका ३ जना, कालिका न.पा र माडी न.पाका १।१ जना रहेका छन् ।
त्यस्तै नवलपुरका ८ जना, पर्साका २, मकवानपुरका ३ जना र काठमाडौं, तनहुँ, रुपन्द्रेही, दाङ, दोलखा, सर्लाहीका एक-एक जना रहेका छन् ।