चितवन : कोरोना सङ्क्रमण पुष्टि भई होम आईसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २० माईली चोकका ६७ वर्षिय पुरुष रहेका छन् ।

उनको शुक्रबार राती ९ वजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परिक्षणका क्रममा असोज २१ गते स्वाब परिक्षणका लागि दिईएकोमा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाईसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ ।

जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने यो संगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हाल सम्म जिल्लामा २ हजार ५ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जस मध्ये १ हजार ५ सय ५३ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !