
चितवनः कोरोना संक्रमण पुष्टि भए पछि तपाई हामी घरमा वा स्थानीय तहले निर्माण गरेको आइसोलेशनमा बस्ने गर्दछन् । कोरोना संक्रमित भए पछि मानशिक रुपमा र शारिरिक रुपमा स्वस्थ रहनु पर्छ भन्ने सबैमा छ ।
तर भरतपुर अस्पतालमा कार्यरत दुई जना कोरोना संक्रमित स्वास्थ्यकर्मी भने अहिले आइसोलेसमा संगै रहेका अन्य संक्रमितको उपचारमा तल्लिन रहेकका छन् । आँफु संक्रमित भए पनि भरतपुर अस्पतालको आईसोलेसनमा रहेका बिरामीहरुको नियमित स्वास्थ्य परिक्षणमा रहेका छन् ।
भरतपुर अस्पतालको फार्मेसीमा कार्यरत रोशन बस्नेत र प्रयोगशालामा कार्यरत बिष्णु बास्तोलाले अस्पतालको आईसोलेसनमा रहेका बिरामीहरुको नियमित स्वास्थ्य परिक्षण गरिरहेका छन् । अहिले सो आइसोलेसनमा रहेका १० जना बिरामीको उपचार उनीहरुको नियमित उपचारमा उनीहरु संगै अन्य स्टाफ नर्सहरु संगिता खनाल र सुप्रभा कडेल पनि खटिएका छन् ।
उनीहरु दुबै जनालाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएर आईसोलेट भएका फर्मासिस्ट बस्नेतले आँफु संक्रमित भए पनि अन्य संक्रमितको उपचारमा सहभागी हुन पाउँदा खुशि लागेको बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्यकर्मी भएर संक्रमित भए पछि भित्र रहेका संक्रमितको उपचार चिकित्सकको निर्देशन अनुसार गरिएको हो ।” उहाँले थप्नुभयो “हामीले ईटालीको घटनालाई सम्झियौ र यहाँ रहेको गम्भिर प्रकृतिका बिरामीको उपचारमा लाग्यौ ।” कोरोना संक्रमण पुष्टि भए पछि उपचारका लागि आउने बिरामीहरु हतोत्साहीत हुने भएकाले त्यस्तो नहुन समेत उहाँले आग्रह गर्नुभयो ।