
चितवन – चितवनमा कोरोना भाइरस संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा नवलपुरको गैंडाकोट नगरपालिका १ का ३६ वर्षीय पुरुषको मृत्युका भएको हो ।
उनको आज दिउँसो ३:५५ बजे मृत्युु भएको अस्पतालले जनाएको छ । असोज १८ गते मृगौलामा समस्या भइ अस्पताल भर्ना भएका उनमा १९ गते कोरोना पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो ।