चितवन – चितवनमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ५ सय ९७ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएका मध्य अधिकाशं भरतपुर महानगरपालिका भित्रका छन् । भरतपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक हजार ७ सय ११ पुगेको छ ।

भरतपुरपछि संक्रमितको संख्या धेरै रहेको रत्ननगरमा ३ सय ६६ जनामा कोरोना देखिएको छ । यस्तै खैरहनी नगरपालिकामा एक सय ९६, राप्तीमा एक सय ६४, कालिकामा ८२, माडीमा ६३ तथा इच्छाकामना गाउँपालिकामा १५ कोरोना संक्रमित रहेका छन् ।

जिल्लाभर एक हजार ५ सय ३५ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुरमा मात्रै ९ सय ४८ जना कोरोनामुक्त भएका छन् । यस्तै रत्ननगरमा २ सय ५२, राप्तीका एक सय २६, खैरहनीमा ८४ माडीमा ५६, कालिकामा ५७ र इच्छाकामना १२ जनाले कोरोनालाई जितेका छन् ।

चितवनका संक्रिय संक्रमित मध्य ७ सय २७ जना होम आइसोलेसनमा रहेका छन् । जिल्लाभर संक्रिय संक्रमित एक हजार ३२ मध्य ७ सय २७ जना होम आइसोलेसन तथा ३ सय ५ जना संस्थागत आइसोलेसन छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुरमा मात्रै ५ सय ३ जना होम आइसोलेसनमा छन् । भरतपुरका २ सय ४३ जना संक्रमितहरु भने संस्थागत आइसोलेसनमा छन् ।

यस्तै खैरहनीमा ८० जना होम तथा ३० जना संस्थागत आइसोलेसनमा, माडीमा ६ जना होम तथा एक जना संस्थागत आइसोलेसनमा, रत्ननगरमा ९८ जना होम तथा १२ जना संस्थागत आइसोलेसनमा, राप्तीमा २२ जना होम तथा ११ जना संस्थागत आइसोलेसनमा र कालिकामा १५ जना होम तथा ८ जना संस्थागत आइसोलेसनमा छन् । इच्छाकामनामा भने तिनै जना संक्रमित होम आइसोलेसनमा नै रहेका छन्

चितवनमा कोरोना संक्रमणबाट ३० जनाको मृत्‍यु भएको छ । जसमध्य अधिकाशं भरतपुरका हुन् । भरतपुरमा अहिलेसम्म १७ जनाको कोरोनाबाट मृत्‍यु भएको छ । भरतपुरपछि कोरोनाबाट मृत्यु हुनेको संख्या राप्ती नगरपालिकामा धेरै रहेको छ । राप्तीमा अहिलेसम्म ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै रत्ननगर नगरपालिकामा ४ तथा कालिका र खैरहनीमा समान २-२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !