काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो ।
बिहीबार देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको छ । बुधबार देशभर १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !