काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुलसंक्रमितको संख्या एक लाख ६७६ पुगेको छ ।

त्यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको छ। त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्।

प्रतिक्रिया दिनुहोस !