चितवन : चितवन १६ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा १९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि भएका मध्य ७ जना चितवनका हुन् भने बाँकी ९ जिल्ला बाहिरका हुन् । प्रयोगशालाले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ७ का ३ जनामा कोरोना देखिएको छ । उक्त वडाका ५२ वर्षीया २ महिला र उमेर नखुलेका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै भरतपुर १० का २३ वर्षीय पुरुष, ११ कि ५२ वर्षीया महिला, १२ का ३६ वर्षीय पुरुष र खैरहनी नगरपालिका ६ कि २७ वर्षीया महिलामा कोरोना देखिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका अनुसार धनुषाका ३ जनामा पनि कोरोना देखिएको छ । यस्तै कञ्चनपुर, पाल्पा, बारा र पर्साका समान एक-एक जनामा कोरोना देखिएको छ । अर्की एक महिलाको भने ठेगाना नखुलेकी प्रयोगशालाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !