चितवनः विश्व दृष्टि दिवसको अबसर पारि ४ सय ४६ जनाले मरणोप्रान्त आँखादान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेस्नल ३२५ वि टु एरिया नम्बर ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन ।

लायन्स कर्मीहरुले आँखादान सम्झौता गरेको पत्र आज एक समारोहका बिच लायन्स क्वलका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योती संघ चितवनका सभापति एबं भरतपुर आँखा अस्पताल संञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेललाई हस्तान्तरण गर्नुभयो । आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखादान कार्यक्रमलाई प्रभावकारी वनाउनका लागि यो अभियान संञ्चालन गरेको भट्टले बताउनुभयो ।

क्लवले आँखा अस्पताललाई बिभिन्न किसिमका उपकरण सहयोग, बिभिन्न समयमा आँखा शिबिर जस्ता कार्यक्रमहरु गर्दै आएको छ । लायन्स क्लवको एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डीतको अध्यक्षतामा भएको सो कार्यक्रममा धरेलले अस्तालले निकट भविश्यमानै चितवनमा आँखा बैंक स्थापना गर्ने योजनाका साथ काम अघि वढाई रहेको जानकारी दिनुभयो ।

भिमराज उषामायाँ पाठक आँखा बैंकको नामबाट आँखा बैंक स्थापना गरि काम अघि वढेको उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा आँखा बैंक नहुँदा तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी मगाउनु पर्ने बाध्यता रहेको छ । यहाँ निकालिएका आँखाहरु पनि व्यवस्थापनका लागि काठमाडौं पठाइदै आईएको छ ।

यहाँ आँखा बैंक स्थापनाको प्रकृया सुरु भए संगै अहिले सम्म ९ जनाको आँखाको नानी झिकिएको छ भने ८२ जनामा आँखा प्रत्यारोपण गरिएको छ । अस्पतालको पहलमा यस अघि ४ सय १५ जनाले आँखा दानका लागि सम्झौता गरिसकेका छन् । एक जना व्यक्तिको आँखाको नानी चार जना सम्मलाई काम लाग्ने भएकाले आँखा दान जीवनको महत्वपूर्ण दान रहेको अस्पतालका सिनियर मेडिकल डाईरेक्टर डा. रघुनन्दन व्यञ्जुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !