काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । आज १४ हजार २ सय ९ जनाको पिसिआर गरीएको छ । सक्रिय संक्रमित २५ हजार ७ रहेकाे छ । हाल देशभर क्वारेन्टिनमा ४ हजार १ सय ६४ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । नेपालमा हाल सम्म मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।






