चितवन – चितवनमा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ सहित २३ जनामा कोरोना पुष्टि भएको हो ।
प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ७ का ४३, ३१, ३० र ५६ वर्षीय ४ पुरुष तथा ४१ र १९ महिलामा कोरोना देखिएको छ । यस्तै भरतपुर ११ कि ४८ वर्षीया महिला र ३ का ४२ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
क्यान्सर अस्पतालकै प्रयोगशालामा नवलपरासीका ३, रुपन्देहीका २, बर्दिया, मोरङ, दाङ, सुर्खेत, मुगु, सर्लाही र सप्तरीका समान एक-एक जनामा पनि कोरोना देखिएको छ । अन्य ३ जनाको भने विवरण खुल्न नसकेको प्रयोगशालाले जनाएको छ ।






