चितवनः जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको २ सय ८ जनाको परिक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा १८ जना चितवनका रहेका छन् भने नवलपरासी र दाङ्का १–१ जना रहेको प्रयोगशाला प्रमुख नीतु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपािलकाका ९ जना, खैरहनी नगरपालिकाका ६ जना, रत्ननगर, कालिका नगरपालिकाका १–१ जना र ईच्छाकामनाका १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !