चितवनः चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिएका छन् । गण्डक व्यारेजबाट तल पछि नदिले वगाएको गैंडा मरेको छ । नारायणी नदिले वगाएर ल्याएको गैंडा मरेको हो ।
भारतको वालमिकी टाईगर रिजर्भका डी.एफ.ओ. गौरव ओझाले दिएको जानकारी अनुसार नारायणी नदीले बगाउदै लागेको गैडा गण्डक ब्यारेजबाट तल पट्टी बगेर गएको करिब आधि घण्टा पछि मरेको हो । सो मृत गैडाको पोष्टमार्टम भारतको वालमिकी टाइगर रिजर्भबाट भएको र सरकारी मालसामानको (मृत गैडाको आखेटोपहार) हकमा इन्डियण प्रोटोकल अनुसार सम्पूर्ण भाग जलाउने नीति रहेकोले सोही प्रोटोकोल अनुसार मृत गैडाको सद्गती गर्ने भनी डी.एफ.ओ. ओझाले जानकारी दिनुभयो ।
यस्तै चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टर अन्तर्गतको वनकट्टा वनगछिया भन्ने स्थानमा एक भाले गैंडा मृत अबस्थामा भेटिएको छ । अन्दाजी १२ वर्षको भाले गैडा मृत अवस्थामा फेला परेको हो ।
एक आपसमा जुधेर बिरामी परेको गैंडा मरेको हो । निकुञ्जका सुचना अधिकारी अशोक कुमार रामका अनुसार सो गैंडाको खाग र खुर दुबै सुरक्षित रहेको छ । उहाँका अनुसार चालु आर्थीक वर्षमा निकुञ्जमा सातवटा गैंडा बिभिन्न कारणले मरिसकेका छन् ।