काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ४० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४ सय ४० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय ३३ जना संक्रमणमुक्त भएका छन् । यस सँगै देशभर कोरोनामुक्त हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !