
चितवन – चितवनमा ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ११ जनामा कोरोना देखिएको हो ।
संक्रमण पुष्टि भएका मध्य १० जना भरतपुरको एकै वडाका छन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका ७ का ५ पुरुष र समान ५ महिलामा कोरोना पुष्टि भएको हो । उक्त वडाका ३०, ३६, २७, ३५ र ५० वर्षीय पुरुष तथा १९, ३०, २८, ४१ र ५२ वर्षीया महिलामा कोरोना देखिएको हो ।
यस्तै पुर्वी चितवनको राप्ती नगरपालिका ८ का ३१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको प्रयोगशालाले जनाएको छ । क्यान्सर अस्पतालको प्रयोगशालामा नै गरिएको परीक्षणमा बर्दिया, बाँके, कैलाली र झापाका समान एक-एक जनामा कोरोना संक्रमण देखिएको छ ।