चितवन – चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । नवलपुरको विनय त्रिवेणी गाउँपालिका २ दुम्किबास का ३६ वर्षीय पुरुषको आज (शनिबार) मृत्यु भएको हो ।
उनको उपचारको क्रममा आज अपरान्ह ४:५० बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । असोज १३ गते कोरोना पुष्टि भएका उनी आइसोलेसनमा बस्दै आएका थिए ।
खोकी, श्वासप्रश्वाश तथा कलेजोमा समस्या भएपछि आज दिउँसो १२ बजे मात्रै उनी अस्पताल भर्ना भएको पौडेलले बताए । उनमा लामो समयदेखि मुटु र कलेजोको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।