चितवनः पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ का ३५ वर्षिय पुरुष रहेका छन् ।
असोज १५ गते लिभरमा समस्या भई आएका उनमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित उनको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज विहान १०ः४४ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।