चितवनः जिल्लाको चितवन मेडिकल कलेजमा गरीएको नमुना परिक्षणका क्रममा एक दिने वालक सहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कलेजको प्रयोगशालामा आज २ सय ८१ जना मध्ये उनीहरुलाई काृरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ५५ जना चितवनका रहेको छन् ।
प्रयोगशालाका अनुसार भरतपुरका १९ महिला र २४ पुरुष गरि ४३ जना, रत्ननगरका ५ महिला र २ पुरुष गरि ७ जना, कालिकाका ३ पुरुष, खैरहनीका १ पुरुष र ईच्छाकामनाका १ महिला गरि ५५ जना रहेका छन । त्यस्तै अन्य संक्रमित हुनेहरुमा गोरखा १ महिला, तनहुँ १ पुरुष, मकवानपुर १ महिला १ पुरुष, नवलपुर २ महिला ४ पुरुष ,रुपन्देहि १ महिला र सुर्खेतका १ पुरुष समेत गरि ६८ जना संक्रमित भएका हुन ।
संक्रमितहरु १ दिने बालकदेखि ८५ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ । एक दिने बालक भरतपुर ३ का हुन ।







