काठमाडौंः कोरोना संक्रमितहुनेको संख्या दिनानुदिन वढ्दै गईरहेको छ । नेपालमा एकै दिन थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ८२ हजार नाघेको छ । आजसम्म ८२ हजार ४ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ४ सय ७४ छन् भने होम आइसोलेसनमा ११ हजार ७ सय ६० जना छन् ।






