चितवनः चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा १ सय ७० नमुना परिक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये १७ जना भरतपुर महानगरपालिकाका र एक जना राप्ती नगरपािलकाका रहेको प्रयोगशाला प्रमुख तीतु अधिकारीले जानकारी दिनुभयो । संक्रमित मध्ये ७ जना महिला र अन्य पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !