चितवनः जिल्लामा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का ७६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

कलेजका अनुसार ज्वरो र स्वासप्रश्वासका कारण असोज १० गते भर्ना भएकी उनको असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज विहान ११ः४५ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !