चितवन : भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका सहित १७ जनामा कोरोना पुष्टि भएको हो ।
चितवनका संक्रमित मध्य ७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् । अर्का एक जना भने राप्ती नगरपालिकाका हुन् । प्रयोगशालाका अनुसार भरतपुर ७ का २८, ३० र ४६ वर्षीय ३ पुरुष र ३५ वर्षीया एक महिलामा कोरोना देखिएको छ ।
यस्तै भरतपुर ४ का ७० र ७३ वर्षीय २ पुरुष तथा भरतपुर ९ का ९० वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ । यस्तै पुर्वी चितवनको राप्ती नगरपालिका ८ कि २५ वर्षीया एक महिलामा पनि कोरोना देखिएको छ ।
क्यान्सर अस्पतालकै प्रयोगशालामा गुल्मी र काठमाडौंका समान २-२ जना तथा दाङ, रुपन्देही, बारा, कञ्चनपुर र नवलपरासीका समान एक-एक जनामा कोरोना देखिएको छ ।