चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा एक कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ का ७८ वर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ ।

निमोनियाका कारण नयां मेडिकल कलेज भरतपुरमा उपचार गराई रहेक उनको थप उपचारका लागि यही असोज १५ गते भरतपुर अस्पताल रिफर गरिएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा उनको आज विहान ७ः३० वजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !