काठमााडौः कोरोना संक्रमणका कारण एक चिकित्सकको मृत्यु भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणका कारण चिकित्सकको मृत्यु भएको हो ।

बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत् प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोभिड–१९ का कारण मृत्यु भएको हो ।

२ साताअघि संक्रमण पुष्टि भएका उनलाई सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस !