काठमााडौः पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । यस संगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा एक महिला र १० पुरुष संक्रमितको निधन भएको छ ।
कोरोना संक्रमणबाट काठमाडौंका दुई, भक्तपुर र ललितपुरका एक–एक जना गरी उपत्यकाका चार पुरुष, सुनसरी र रूपन्देहीका तीन–तीन पुरुषको मृत्यु भएको छ । बाँकेमा एक महिलाको निधन भएको मन्त्रालय पुष्टि गरेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६५ प्रतिशत रहेको छ ।
आज देशभर २ सय ४५ जना जना संक्रमितको भेन्टिलेटर र आईसोलेसनमा उपचार भइरहेको छ । २२० जना आईसीयूमा र २५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।
मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रूपन्देही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगु भने संक्रमण शून्यमा झरेको छ ।







