चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ११ का ५५ वर्षिय पुरुष रहेको नगरपालिका प्रमुख प्रभा वरालले जानकारी दिनुभयो ।

वरालका अनुसार क्यान्सरको समस्याका कारण उपचारमा आएका उनको अन्ति अबस्था भएकाले अस्पतालले घर फर्काएको थियो । घर फर्किए संगै उनको आज दिउँसो मृत्यु भएको हो । मृत्यु भए पछि आएको पिसिआर नतिजामा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस !